Dashain Suvakamana

‘सुदूरपश्चिममा आफ्नै विश्वविधालय खोल्ने तयारीमा छौं’ मन्त्री साउँद

Ajai

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आफ्नै विश्वविधालय सञ्चालनको तयारी थालेको छ । यसकालागि प्रदेश विश्वविद्यालय तथा उच्चशिक्षाको सम्भाव्यता अध्यायन गर्न तीन सदस्यीय कार्यदल गठनगरी काम कारवाही अगाडी बढाइएको सामाजिक विकासमन्त्री झपट बहादुर साउँदले जानकारी दिए ।

यही क्रममा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले विहिबार धनगढीमा आयोजित शिक्षासम्बन्धि विज्ञ, राजनीतिक दलका नेता, जनप्रतिनिधि र सरोकारवालासँगको संगोष्ठीको आयोजना गरेर राय, सल्लाह सुझाव लिएको छ । May be an image of 3 people, table and daisसो गोष्ठीको अध्यक्षता गरेका सामाजिक विकासमन्त्री साउँदले विज्ञ तथा जनप्रतिनिधि सबैसँगको सल्लाह र समन्वयमा प्रदेशको भौगोलिक अवस्था र बर्तमान युग सुहाउँदो प्रविधिक शिक्षालाई जोड दिइने बताए ।

नेपालको संविधानले शिक्षा क्षेत्रलाई तीनै तहका सरकारको साझा दायीत्वभित्र राखेपनि उच्चशिक्षा प्रदायक विश्वविधालयहरु संघीय सरकार, आधारभूत र माध्यमिक शिक्षालय स्थानीय तह मातहत राखेर शिक्षासम्बन्धि कामकारवाही अगाडी बढेपछि प्रदेश सरकारको शिक्षामा लगानी हुने तर, दायीत्व बोध नभएपछि सुदूरपश्चिम सरकारले आफ्नै लगानीमा विश्वविधालय स्थापना गर्न लागेको जानकारी दिएका हुन् ।

यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले संगोष्ठीको उद्घाटन गर्दै कार्यदललाई डेढ महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएकोले सो अध्ययन लगत्तै आगामी आर्थिक वर्षदेखि नीतिगत काम अगाडी बढाइने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी राजनीतिक दल र स्थानीय तह तथा प्रदेशसभाका जनप्रतिनिधिहरुले प्रदेशमा छुट्टै आफ्नै प्राविधिक विश्वविधालय स्थापना गर्ने कामको सरहनीय भन्दै नाम मात्रैकालागि स्थापना नहुने गरी यत्ति ठूलो काममा जिम्मेवार बनेर उभिन पनि सरकारलाई सुझाव दिए । प्रदेश सरकारको यस सहासिक कार्यमा तीन तहकै सरकार, नीजिक्षेत्रसँगै समाजमा रहेका हरेक नागरिकको आवश्यक सहयोग रहने मोडलको भए दिगो रहने उहाँहरुको सुझाव थियो ।

तीन सदस्यीय कार्यदल गठन

सरकारले प्राविधिक विश्वविधालय स्थापनासम्बन्धि मस्यौदा निर्माणमा सल्लाह सुझाव प्रदान गर्न, विश्वविधालयको स्थान एकिन तथा जग्गाप्राप्ति सम्बन्धि कार्यमा मन्त्रालयलाई राय सुझाव दिन र विश्वविधालय स्थापना तथा सञ्चालनकालागि आवश्यक पर्ने अन्य व्यवस्थापकीय कार्यमा मन्त्रालयलाई सहयोग गर्ने सेवासुविधा पाउने गरी डा लवदेब अवस्थी संयोजक रहने गरी तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

सो कार्यदलको सदस्यमा संविधानसभा सदस्य एवं अधिवक्ता हरीराम श्रीपाइली र सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंह रहेका छन् ।

फोटो : चन्द्रवहादुर भण्डारी

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.