दलको नेता र मन्त्री फेर्न सुदूरपश्चिमका माओवादी हेडक्वाटरमा

 धनगढी । जनतासँग चार महिने रुपान्तरण अभियान सकेर सुदूरपश्चिमका माओवादी केन्द्रका नेताहरु अहिले पार्टी हेडक्वाटर पुगेका छन् । त्याहाँ उनीहरुले सुदूरपश्चिम पार्टी र प्रदेश सरकारकाबारेमा गुनासो गरेका छन्। यसैक्रममा नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरु संसदीय दलको नेता र मन्त्री फेरबदल गर्न माग गरेका हुन्।

माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले शनिबार पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर दलको नेता र मन्त्री फेर्नुपर्ने माग गरेका छन्।बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री तथा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग भेटेको र सुदूरपश्चिम इन्चार्ज एवं पार्टी केन्द्रीय सचिब डिलाराम आचार्यलाई उनकै निवासमा पुगेर भेटेको सांसदहरुले सकारात्मक जवाफ पाएको बताएका छन्।

बालुवाटार भेटमा सहभागी प्रदेशसभाका सदस्य अक्कलबहादुर रावलले दल र सरकार शुद्धीकरण गर्नुपर्ने कुरा गरेको बताए । ‘आज हामीले अध्यक्ष र उपाध्यक्ष कमरेडलाई भेटेर दल र सरकारमा शुद्धीकरण गर्नुपर्छ भनेका छौं’, रावलले भने, ‘हाम्रो एजेण्डालाई उहाँहरुले सकरात्मक रुपमा लिनुभएको छ ।’ 

योसंगै सुदूरपश्चिममा पार्टीलाई गतिशील बनाउन सक्ने नेतृत्व अभाव रहेको भन्दै केहि दिनअघि मात्रै गठन गरिएको प्रदेश सचिवालयका बहुमत नेता काठमाडौँ पुगेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.