दक्षिण अफ्रिकामा आयोजना हुने यू १९ विश्वकप क्रिकेटका लागि नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले शुक्रबार नेपाली टोलीलाई बिदाइ गरेको हो । देव खनालकै कप्तानीमा नेपाली टोलीले यू १९ विश्वकप खेल्ने छ भने गुलसन झा पनि टोलीमा समेटिएका छन्।
नेपालले जनवरी २१ तारिखमा न्यूजिल्याण्डसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ । त्यसअघि १३ र १६ तारिखमा स्कटल्याण्ड र वेस्टइन्डिजसँग अभ्यास खेल खेल्नेछ। बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङकलाल घिसिङले खेलाडीहरूले खेललाई जसरी माथि पुर्याएका छन् त्यसले सिङ्गो राज्यलाई, खेलकुद क्षेत्रलाई प्राथमिकता दिन ठूलो तागत मिलेको टिप्पणी गरे।
यू-१९ विश्वकप क्रिकेट टोलीमा को को ?
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसनकुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापामगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन्।