Dashain Suvakamana

‘यौनिकता शिक्षा पाठ्यपुस्तकमै राख्न पहल गर्ने’ मन्त्री साउँद

Ajai

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपट बहादुर साउँदले विधालयस्तरको पाठ्यपुस्तकमा यौनिकता सम्बन्धि शिक्षालाई समावेश गर्न पहल गर्ने बताएका छन् । धनगढीमा आज सम्पन्न यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बृहत् यौनिकता शिक्षा सम्बन्धि सरोकारवालासँगको गोोष्ठीमा मन्त्री साउँदले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

भौतिक पूर्वाधारकासाथै सूचना सञ्चारमा विकसित टेक्नोलोजीले दुनियाँलाई साघुर्याएको बर्तमान अवस्थामा बालवालिकाको शाररीक विकासमा पनि परिवर्तन भएकाले विधालयतहबाट नै यौनिकता शिक्षालाई समावेश गर्न आवश्यक भैसकेको मन्त्री साउँदको तर्क छ। 

संविधानप्रद्त लक्षित वर्गका महिला, बालवालिका तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार कार्यान्वयनमा प्रदेश सरकार सामाजिक संघ संस्थासँगै रहेको र यस विषयलाई विधालयस्तरकै पाठ्यपुस्तकमा समावेश गराउन सरकारको तर्फबाट भूमिका खेल्ने बताए ।

मानव स्वयं स्वास्थ्य रहन र समाजमा भैइरहेका बिकृति तथा बिसंगति नियन्त्रण गर्न अति आवश्यक भएपनि अहिलेको विद्यालयस्तरको पाठ्यक्रममा यौनिकता शिक्षा नसमेटिएको सहभागी सरोकारवालाको गुनासो थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.