कैलालीको टीकापुरमा एक महिला मृत फेला

धनगढी। कैलालीको टीकापुरमा एक महिला मृत फेला परेकी छिन् । टीकापुर नगरपालिका-५ झन्झटपुरस्थित रानीकुलोमा सोही ठाँउकी ८५ वर्षीया धनसरा देवी शाह मृत फेला परेकी हुन् ।

उनी सोमबार दिउँसो मृत फेला परेकी र मृत्युको कारण भने नखुलेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.