सुदूरपश्चिम महोत्सवको चौथो दिन आज पुस्कल, टेक र नरेशको प्रस्तुती

धनगढी। सुदूरपश्चिम महोत्सवको चौथो दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने भएको छ। आज सोमवार चर्चित लोकदोहोरी गायक पुष्कल शर्मा, टेक बीसी र नरेश जोशी आउने कार्यक्रम संयोजक मिलन कुँवरले बताए ।

त्यसैगरी कार्यक्रम उद्घोषण गायीका मञ्जु पौडेल रहने र स्थानीय कलाकार पुष्पा बडैला,संगीता शाह लगायतको समेत विशेष प्रस्तुती रहने संयोजक कुँवरले जानकारी दिए । मंसिर २२ गतेबाट सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्ने छ।

यस बर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रर्दशनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आर्कषण रहेका छन्। महोत्सवको टिकट मोवाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ। साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.