धनगढीका मेयर हमाललाई पत्रकार महासंघको ध्यानाकर्षण

धनगढी। धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई ध्यानाकर्षण पत्र बुझाइएको छ।आम नागरिकलाई मिडियाविरुद्ध भड्काउने गरी नगर प्रमुख हमालले अभिव्यक्ति दिएको भन्दै नेपाल पत्रकार महासङ्घ कैलालीको अगुवाइमा पत्रकारका विभिन्न सङ्गठनद्वारा संयुक्त ध्यानाकर्षण पत्र बुझाइएको हो।

समाचार प्रकाशनप्रति असहमति जनाउँदै गत मङ्सिर १९ गते नगर प्रमुख हमालले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत नागरिकलाई मिडिया विरुद्ध भड्काउने अभिव्यक्ति दिएको ठहर गरिएको छ। समाचार लेख्ने अनलाइन, पत्रपत्रिका र फेसबुकमा लेख्नेलाई निगरानी गर्न नगर प्रमुख हमालले दिएको अभिव्यक्ति प्रेस स्वतन्त्रताविरोधी रहेको पत्रकारको बुझाइ छ।

हमालले दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा, नेपाल प्रेस युनियन कैलाली, प्रेस चौतारी कैलाली, प्रेस सेन्टर, समाजवादी प्रेस सङ्गठनले नगर प्रमुखको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएका हुन्।यसैगरी, नेपाल पत्रकार महासङ्घसहित पत्रकारका सङ्गठनले आम सञ्चारकर्मीलाई पत्रकार आचारसंहिताको पूर्ण पालना गरेर ढुक्कसँग समाचार लेख्न र प्रकाशन तथा प्रसारण गर्न अनुरोध गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.