एलपीएल क्रिकेट : घोडाघोडी र शुक्लाफाँटा विजयी

धनगढी। फाप्ला क्रिकेट मैदानमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मंगलबार कैलालीको घोडाघोडी क्रिकेट एकेडेमी र कञ्चनपुरको शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन टिम विजयी भएका छन् ।

समूह ‘सी’ को घोडाघोडीले सुदूरपश्चिमाञ्चल एकेडेमीलाई ४ विकेटले हरायो । सुदूरपश्चिमको यो दोस्रो हार हो । १ सय ११ रनको लक्ष्य घोडाघोडीले १६.५ ओभरमा ६ विकेट गुमाई पूरा गर्‍यो । ओपनर विपिन विक्रम शाहीले ३१, सञ्जय बोहराले २२ र कृष कार्कीले २० रन बनाए । सुदूरपश्चिमका वीरेन्द्र चन्द र पारस सुनारले २–२, सौर्य श्रेष्ठ र निशान रेग्मीले १–१ विकेट लिए । 

टस जितेको सुदूरपश्चिम एकेडेमीले १८.५ ओभरमा १ सय १० रन बनाएको थियो । आशिष लुहारले ४२, सन्दीप विष्टले २७ र किरण कार्कीले १४ रन बनाए । घोडाघोडीका हरिश बस्नेतले ५ विकेट लिए । सञ्जय बोहराले ३, कृष कार्कीले २ र भूपेश जोशीले १ विकेट लिए । प्लेयर अफ द म्याच सञ्जय बोहरा घोषित भए ।

मंगलबारै शुक्लाफाँटाले खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिङ सेन्टरलाई १ सय १२ रन पराजित गरेको छ । १ सय ७७ रनको लक्ष्य पछ्याएको खप्तडले १५.१ ओभरमा ६४ रनमात्र बनायो । पुकार चन्दले १३, प्रकाश पाण्डेले १२ रनबाहेक अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यसअघि टस हारेको शुक्लाफाँटाले २० ओभरमा ९ विकेट गुमाई १ सय ७६ रन बनायो । ओपनर अशोक विष्टले ४१, किरण ठगुन्नाले ३५, वसन्त खत्रीले २३ र लोकेश जोशीले २० रन बनाए । खप्तडका रवि विष्टले ३, प्रकाश पाण्डेले २, मुकेश विष्ट, नगेन्द्र उपाध्याय र दीपक टमाटाले १–१ विकेट लिए ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.