अनलाईन ठगी गिरोहका सुनारको घरबाट आधा करोड बरामद

धनगढीे । कैलालीस्थित धनगढीमा कार्यालय नै सञ्चालन गरेर अनलाईन ठगी आरोपमा पक्राउ परेका ’ह्याकर‘ गिरोहका प्रमुखको घरबाट ठुलो परिमाणको रकम बरामद गरिएको छ । यस ठगी धन्दाका मुख्य नाइके रहेका कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ का विशाल सुनारको घरमा प्रहरीले छापा हानेकोमा ४६ लाख ९१ हजार ६८० रुपैयाँ बरामद गरिएको हो ।

धनगढीबाट बैंकका खाता ‘ह्याक’ गर्ने नौं जना गिरोहको समूहलाई प्रहरीले पक्राउ गरेको थियो । बुधवार सुदूरपश्चिम प्रदेश प्रहरी अन्तर्गत प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी)का प्रहरी सहायक निरीक्षक अनिल विष्ट र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायक निरिक्षक प्रकाश कडायत तथा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालको काण्डसहितको संयुक्त टोलीले सो गिरोहलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का ३० वर्षीय विशाल सुनार, वर्ष २८ का कमल सुनार, वर्ष २२ का जयराम सुनार, भारतको दिल्ली पालङ्गा बस्ने वर्ष ३२ का अमित कुमार रहेका छन् । यस्तै, भारत दिल्लीको उत्तमनगर बस्ने वर्ष २६ का कुनाल शर्मा, दिल्लीको करोलबाग बस्ने निखिल कुमार, दिल्ली बस्ने प्रियंसु टापु, डोटीको शिखर नगरपालिका–१० का २१ वर्षीय प्रशान्त बलायर र कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का २९ वर्षीय मीनबहादुर सुनार पनि पक्राउ परेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.