Dashain Suvakamana

श्रीमती र छोराको हत्यापछि आफूले गरे आत्महत्या

Ajai

धनगढी । एक पुरुषले श्रीमती र छोराको हत्या गरी आफूले समेत आत्महत्या गरेका छन् । बुधवार राति धनकुटा नगरपालिका–१ निगालेका ३५ वर्षीय टीकाराम गुरुङले ३६ वर्षीया श्रीमती भीमा गुरुङ र १० वर्षीय छोरा आयुष गुरुङको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

टीकारामले श्रीमती र छोराको हत्या गरी आफु घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । टीकारामको जिउ काम्ने उपचार गरिरहनुपर्ने भएको र उनले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको छिमेकीले बताएको धनकुटा प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । बुधवार राति पौने १ बजे ६ वर्षीया छोरी आसिकी गुरुङलाई छिमेकीको जिम्मा लगाएको प्रहरीले जनाएको छ । 

सो अघि बुबाले आमा र दाजुलाई घाँटीमा समातेर टाउकामा कुटेको देखेको आसिकीले बताएको एसपी कोइरालाले जानकारी दिए राति डरले केही नभनेको पनि आसिकीले बताएको प्रहरीको भनाइ छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको एसपी कोइरालाले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.