गोदावरीमा ट्रक दुर्घटना हुदा एकको मृत्यु, १३ जना घाइते

धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । गोदावरीको बुढितोलामा सोमबार से १ ख १४३८ नम्बर ट्रक आफै अनियन्त्रीत भई सडकको छेउमा पल्टिदा नाम थर वतन खुल्न नआएकी अन्दाजी ३६ वर्षिय महिलाको घटनास्थलमै मृत्यु भएको र अन्य १३ घाइते भएको प्रहरीले जनाएको हो ।

दुर्घटनामा परि डोटी जोरायल गाउँपालिका वडा नम्बर २ बस्ने ३४ वर्षिय ललिता सारू, पाँच वर्षिय आर्यान सारू, दुई वर्षिय आरसी सारू, ४० वर्षिय हुकुम विक, १४ वर्षिय जिवन विक, ६० वर्षिय रंग कामी, २५ वर्षिय २५ भरत मल्ल, १८ वर्षिय भुवन मडै, २८ बर्षिय यादव रावल, ४० वर्षिय राम बहादुर रावत घाइते भएका छन् । उनीहरुको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यस्तै १२ वर्षिय बिपिन विक, ३६ बर्षिय टेक बहादुर सारू, ३४ वर्षिय कल्पना विकको पदमा अस्पतालमा उपचार सम्भव नभएपछि धनगढीस्थित माया मेट्रोमा उपचार भइरहेको छ । तराई आउदै गरेको उक्त मिनि ट्रकका चालकको  नाम थर वतन खुल्न नआएको र फरार रहेको दुर्घटनास्थलमा खटिएका प्रहरी सहायक निरिक्षक बिबेक साउँदले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.