काठमाडौं। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले लेख्नुभएको पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण भएको छ। बिहीबार दिउँसो बालुवाटारमा पुनद्वारा लिखित पुस्तकको लोकार्पण प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गरेका हुन्।
पुस्तकको लोकार्पणपछि बोल्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘पासाङको पुस्तकमा भएका कतिपय सन्दर्भहरू आजको परिस्थितिमा मेल खाँदैनन् । तर उहाँले पुस्तकमा आफ्नो जीवनमा जस्तै सरलता र इमानदारिता प्रस्तुत गर्नुभएको छ ।’’
छलकपटरहित, सोझो, इमानदार, सरल, पारदर्शी र मिलनसार व्यक्तित्व पासाङले उपराष्ट्रपति भइसकेपछि पनि आफ्नो शालीनता र जिम्मेवारीबोध राम्रैसँग देखाउनुभएको प्रचण्डको भनाई थियो ।
“उहाँले आफ्नो कार्यकाल गरिमाका साथ पूरा गर्नुभयो । उहाँ एक जना अत्यन्तै असल मान्छे हो, अहिलेको समाजमा यस्ता मानिसहरू भेट्न मुस्किल पर्छ ।’’