Dashain Suvakamana

बाकसमा ‘मृत छोराको शव हेर्दै’ बुवाले सरकारलाई धन्यवाद दिए

Ajai

धनगढी । घोडाघोडी नगरपालिका वडा नम्बर ४ का हरिकृष्ण छोराको शव बुझ्न धनगढी विमानस्थलको विशेष कक्षभित्रमा पर्खाइमा थिए । मनमा उदासनिता र छोरा गुमाएको पिडा उनमा देखिन्थ्यो ।

असोज २० गते हमासको आक्रमणबाट हत्या गरिएका नारायणप्रसाद उनका छोरा हुन् । छोरा मारिएको सामाजिक सञ्जाल, समाचार र छिमेकीबाट सुन्दा उनी मुर्छा परेर कसैसंग कुराकानी गर्न सक्ने अवस्थामा थिएनन् । शनिबार न्यौपानेले धनगढी विमानस्थलबाट छोराको दाहासंस्कारका लागि टिप्परमा शब लिए । उनी भन्दै थिए –‘मृत छोराको मुखनै हेर्न नपाउने चिन्ता थियो । अहिले सरकारले शब ल्याइदिएको छ । छोराको शब पाउनुनै ठुलो कुरो हो ।’ 

उनीमात्र होइन शब कुरिरहेका अन्य आफन्तको पनि सोही प्रतिक्रिया रहेको थियो । आइतबार साँझ धनगढी विमानस्थल पुगाइएको शवमा प्रशासन कार्यालयले मृतक विद्यार्थी दिपेशराज विष्टको शव गोदावरी नगरपालिकाको महाप्रस्थान यान र टीकापुर नगरपालिकाको महाप्रस्थान यानमा लम्की चुहा नगरपालिकाका आशिष चौधरीको शव घर पुगाउन आफन्तको जिम्मा लगाएको थियो ।

धनगढी विमानस्थलमा विद्यार्थीका शव कुरिरहेका आफन्तलाई नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले अंकमाल गर्दै श्रद्धाञ्जली व्यक्त गरे । शव धनगढी पुग्दा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, प्रदेश सरकारका मन्त्री तथा राजनीतिक दलका नेता कार्यकर्ताहरुको भीड थियो । सबैले मृतक परिवारमा श्रद्धाञ्जली तथा समवेदनमा प्रकट गरिरहेका थिए ।

सुदूरपश्चिम शोकमा हुँदा स्वयम मुख्यमन्त्री कमल बहादुर शाह श्रद्धाञ्जलीमा उपस्थित भएनन् । उनी केही दिनबाट फागुनमा हुने लगानी सम्मेलनको लागि काठमाडौँमा व्यस्त छन् । चारवटै शवलाई आफन्तको जिम्मा लगाइसकेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

धनगढीबाट स्थानीय प्रशासनले पीडितको घरसम्म शव पु¥याउने व्यवस्था गरेको थियो । दार्चुला मालिकार्जन गाउँपालिका–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव आफन्तको जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

न्यौपानेको शव शनिबार राति ल्याइएको थियो भने धामी र विष्टको शव आइतबार बिहान र चौधरीको शव दिउँसो नेपाल ल्याइएको थियो । गत असोज २० गते हमास समूहको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.