धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका उधोग, पर्यटन, बन तथा बाताबरण मन्त्री रमेश धामी पिङ खेल्दै वडाबासीसँग रमाएका छन्।
नेपालीहरुको महान पर्ब बडा दशैंको अबसरमा शनिबार उनी आफ्नो गृह वडा धनगढी उपमहानगरको ३ नम्बरको कालिका टोलमा पुगेर स्थानीयसँग पिङमा मच्चिदै शुभकामना आदानप्रदान गरेका हुन् ।
स्थानीय चन्द्र सुर्य युवा क्लबले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको दीप प्रज्वलन गरेर उदघाटन गरे र भने- ‘बडा दशैँ तिहार, छट लगाएतका पर्ब उल्लासमय रहून’ मन्त्री धामीले प्रास्तबिक बसपार्कको तप्पडमा पिङ पूजा गर्दै पिङमा आफुपनि मच्चिए र स्थानीय युवालाई पनि मच्चाएर नेपाली परम्पराको जगेर्ना गरे ।
मन्त्री धामी धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा हुन् । आफूसंगै मन्त्रीले पिङ खेल्दै दशैंको शुभकामना आदानप्रदान गरेपछि स्थानीय बासिन्दा थप उत्साहित देखिन्थे । युवा क्लबले पिङसंगै सांस्कृतिक कार्यक्रम र खसी, भाले लगायतका वस्तुको भाग्य उदय चिट्टासमेत खेलाएको थियो । 