अपाङ्गता भएकाले गरे दशैंतिहारको शुभकामना आदानप्रदान

धनगढी । नेपालीहरुका महान पर्व दशैतिहारको उपलक्ष्यमा धनगढीमा अपाङ्गता भएका ब्यक्तिहरुले शुभकामना आदानप्रदान गरेका छन् ।
कोसिस नेपाल, राष्ट्रिय अपांग महासंघ नेपाल सुदुरपश्चिम प्रदेश र सर्वाङ्गिण अपांगता बिकास समाज नेपालको संयुक्त आयोजनामा शुक्रबार धनगढीमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुले शुभकामना आदानप्रदान गरेका हुन् । 

धनगढीको आस्था होटलमा आयोजित उक्त कार्यक्रममा सहभागीहरुले शुभकामना आदानप्रदान साथै अपाड्गता अधिकार र सवाल विषयमा अन्तरकृर्या समेत गरेका छन् । सहभागी अपाङ्गता अधिकारकर्मि तथा ब्यक्तिहरुले एक आपसमा शुभकामना आदानप्रदान गर्न पाउदा खुशी व्यक्त गरेका थिए ।

राष्ट्रिय अपांग महासंघ नेपाल सुदुरपश्चिम प्रदेश सचिब नन्दराज भट्टको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा प्रदेशका पूर्व अध्यक्ष तथा अपाङ्गता अधिकारकर्मी भीमबहादुर शाह रहेका थिएभने कार्यक्रमको सञ्चालन कोसिस नेपालका खडकराम ओडले गरेका थिए ।May be an image of 10 people, people studying, table and text

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.