‘स्मार्ट’ सडक बत्तीले धनगढी झिलिमिली

धनगढी। ‘उज्यालो धनगढी’ अभियान अन्तर्गत धनगढी उपमहानगरले आज ६ लेन सडकको धनगढी चौराहा देखि त्रिनगर भन्सार पुलसम्मको सडकमा बत्ती बाल्ने कामको गरेको छ। सिमाबर्ती भारतीय कस्टमसँग जोडिएको यस सडकमा स्मार्ट स्ट्रिट लाइट बलेपछि धनगढी नै झिलिमिली देखिएको हो।

धनगढी चौराहदेखि भन्सारसम्मको उक्त स्मार्ट स्ट्रिट लाइटकोसुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले एक कार्यक्रमका बीच उदघाटन गरे। May be an image of 3 people, people smiling and daisउदघाटन कार्यक्रममा धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले पहिलो चरण अन्तर्गत स्मार्ट स्ट्रिट लाइट  धनगढी क्षेत्रमा यसअघि नै बालिसकेको बतए । ८ मिटर स्टील ट्युबलर पोलमा दुई सय १२ थान, १२० वाट लाइन चार सय ३२ थान जडान गरेर बत्ती बाल्ने काम भएको उनले जानकारी दिए।

मेयर हमालका अनुसार १६ मिटर उचाईमा धनगढीमा १५ थान हाइ माष्ट लाइट समेत उपमहानगरको ९७ लाख ४९ हजार ६ सय ४० रुपैयाँको एकल लगानीमा जडान भएर धनगढीलाई उज्यालो बनाउने काम भएको हो। स्मार्ट सडक बत्ती तथा हाइमाष्ट र मिनी माष्ट लाइट जडान उज्यालो धनगढी कार्यक्रम अन्तर्गत उपमहानगर र प्राधिकरणसँगको तेस्रो चरणको सडक बत्ती जडान गर्न २०८० असार १३ गते सम्झौता भएको थियो।

यसअघि धनगढी उपमहानगरपालिकाको ६० तथा नेपाल विद्युत प्राधिकरण राष्ट्रिय सडक बत्ती प्रबद्र्धन आयोजनाको ४० प्रतिशत लागत साझेदारीमा दुई करोड ६१ लाख ७५ हजार ४६ रुपैयाँ धनगढी र एक करोड ७ लाख ८३ हजार तीन सय ६४ रुपैयाँ प्राधिकरणको गरी धनगढीमा ६ दशमलव ६ किलोमिटरमा स्मार्ट स्ट्रिट लाइट जडान गरिएको थियो।

बिहिबार नै  तेस्रो चरणको अन्तर्गत क्याम्पस रोडमा जडान गरिएको बत्तीको उदघाटन उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामीले गरेका छन।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.