चीन भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हृदयघातका कारण बेइजिङस्थित अस्पतालमा उपचाररत रहेको र अवस्था खतरामुक्त रहेको नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन्।
उपप्रधान तथा गृहमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठका अनुसार मन्त्री श्रेष्ठलाई सामान्य खालको हृदयाघात भएको थियो । उहाँको छातीमा स्टेन्ट राखिएको छ । अहिले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको उहाँको सचिवालयले जनाएको छ ।
श्रेष्ठलाई २४ घन्टे निगरानीका लागि सघन उपचार कक्षमा राखिएको छ । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ समकक्षीको निमन्त्रणमा चीन भ्रमणमा जानुभएको थियो ।