बहुप्रतिक्षित गेटा अस्पताल आजदेखि सन्चालन हुँदै

धनगढी । कैलालीको गेटा अस्पताल आज कार्तिक १ बुधबार देखि संचालमा आउने भएको छ। अस्पतालले मंगलबार पत्रकार सम्मेलन गर्दै आजदेखि अस्पतालमा विभिन्न ८ वटा उपचार सेवा प्रदान गर्ने जनाएको हो।

जसमा जनरल ओपिडी, हाडजोर्नी तथा नशारोग ओपिडी, स्त्रीरोग सेवा, जनरल सर्जरी ओपिडी, अल्ट्रासाउण्ड सेवा, एक्स(रे सेवा, प्रयोगशाला सेवा  र फार्मेसी सेवा उपलब्ध हुनेछन् । यस्तै, अस्पतालले कार्तिक महिनाभित्र एमसिएच क्लिनिक, मंसिरभित्र खोप सेवा बिस्तार, पुसभित्र इमरजेन्सी सेवा, चैत्रभित्र शल्यक्रिया सेवा र आगामी वैशाखभित्र आइसियू र एनआइसियू सेवा बिस्तार गर्ने जनाएको छ। 

अस्पतालमा निर्देशकसहित चिकित्सक तथा स्वास्थ्यकर्मीगरी २६ जना कर्मचारी हाजिर भइसकेका छन् भने न्यूनतम सेवा सञ्चालनका लागि मेडिकल सामाग्रीहरु आइपुगेका छन्। गेटामा मेडिकल कलेज  सञ्चालन गर्न मेडिकल कलेज पुर्वाधार निर्माण विकास समितिले  एक सय शय्याको अस्पताल भवन, आवासहरु एंव प्रशासनिक भवनहरु निर्माण गरिसकेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.