धनगढी। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ। आईतबार एक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश बहादुर देउवाले उदघाटन गरेका हुन्।
उदघाटन कार्यक्रममा वडाअध्यक्ष राज बहादुर ऐरले धनगढी वडा नम्बर ३ एकदमै डुवान र कटान ग्रस्त वडा रहेकोले पटक पटक वडाबासीले सो समस्या झल्दै आएको भन्दै नगर प्रमुख र भौतिक पुर्वाधार मन्त्रीको ध्यानाकर्षण गराए । यस्तै एडिबीले गरेकोे कार्यक्रमको अझै प्रभाबकारीता नभएको र द्रुत गतिमा काम अघि नबढ्दा बिकासमा ढिलासुस्ती र वडाबासीले हैरानी खेप्नुपरेको बताए। बसपार्क र फाप्ला क्रिक्रेट मैदानको काम छिटोभन्दा छिटो सुचारु गर्नसमेत माग गरेका छन्।
कार्यक्रममा वडाबाट बिभिन्न क्षेत्रमा योगदान पुर्याउने बिभिन्न ब्यक्तित्वलाई सम्मान गरिएको थियो । कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा, नगरप्रमुख गोपाल हमालले वडा नम्बर ३ का पूर्व वडाअध्यक्ष बल बहादुर ऐरको टीमले ३ नम्बर वाडको लागि महत्वपूर्ण काम गरेको भन्दै सम्मानित गरेको थियो।