धनगढी । सुदूरपश्चिमको धनगढीमा बौद्धिक अपाङ्गताको अवस्था र अपाङ्गताको स्वास्थ्य पुनर्स्थापना बारे उपमहानगरपालिकासँग छुटाछुट्टै छलफल सम्पन्न भएको छ ।
बौद्धिक अपाङ्गता अभिभावक संघ कैलालीको आयोजनामा भएको उक्त छलफल कार्यकममा धनगढी उपमहानगरका जनप्रतिनिधिहरु सरोकारवाला शाखा प्रमुख लगायत अपाङ्गता अधियानकर्मीहरुको सहभागिता रहेको थियो ।
राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमका सचिब नन्दराज भट्टले सहजिकरण गरेको उक्त छलफल कायक्रममा बौद्धिक अपाङ्गता अभिभावक संघका अध्यक्ष निर्माला बिष्टले बौद्धिक अपाङ्गताको अबस्था, समस्या, चुनौति र स्थानीय तहसँग आफुहरुले गरेको अपेक्षाबारे धारणा राखेका थिए ।
सो छलफल लगत्तै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितिले स्वास्थ्य सम्बन्धि पुर्नस्थापना सेवाका लागि जनप्रतिधि लगायत नगरको शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास शाखा र सरोकारवालासँग पालिकास्तरिय अभिमुखीकरण कार्यक्रम गरेको थियो ।
धनगढी उपमहानगरपालिका उपप्रमुख नन्दकला रानाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पनि रास्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमका सचिब नन्दराज भट्टले सहजिकरण गरेका थिए भने अपाङ्गता अधिकारकर्मी, स्वास्थ्यकर्मी लगायत सहभागीहरुको जिज्ञासाको जफाब उपमेयर रानाले दिएकी थिइन् ।
