चार किलो सुनसहित तीन जना पक्राउ

काठमाण्डौ। दोलखाको सिंगटी बजार बाट प्रहरीले ४ किलो सुन सहित ३ जनालाई पक्राउ गरेको छ। सिंगटीबाट सुन सहित ३ जनालाई गए राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

पक्राउ पर्नेमा बिगु गाउँपालिका–३ बस्ने अन्दाजी १८ वर्षका पेम्बा तामाङ, २८ वर्षका केशर तामाङ र २० वर्षका माधव मगर छन् । उनीहरुलाई बिगु गाउँपालिकाकै वडा नम्बर १ को विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको दोलखा प्रहरीले जनाएको छ ।

बुधबार राति बिगु गाउँपालिका–३ जामुनेस्थित सीता तामाङको घरबाट सुन जस्तो देखिने पहेंलो धातु लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी धर्मेशकुमार यादवले बताए ।

तिब्बती सीमा लामावगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशङ्का गरिएको प्रहरीले जनाएको छ। बिगु गाउँपालिकाका १ लामावगर तर्फको एउटा नाका चिन सरकारले गत साता मात्र खुलाएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.