तेह्र बर्षदेखि बन्द खोरमा हेमराज

धनगढी ।  घरभन्दा केही पर जस्तापाताको खोर छ, त्यो खोर गाइ बाख्रा र अन्य जनावर राख्नलाई निर्माण गरिएको भने होइन। यो खोरभित्र छन् जाजरकोटको बारेकोट गाउँपालिका ४ रावतगिरी गाउँका कालीबहादुर रावतका छोरा हेमराज ।

उमेरले १८ वर्ष पुगेका उनको सानैबाट मानसिक रोगका कारण अवस्था यस्तो भएको हो । सानैबाट मानसिक अवस्था बिग्रपछि यसरि छुट्टै खोर बनाएर राखेको हेमराजका बुबा कालीबहादुर रावत बताउँछन् । पहिले अवस्था राम्रै थियो’, रावतले भने, ‘पाँच वर्षको उमेरमा ज्वरो आयो । हस्पिटल लगियो । पहिले बोल्ने ऊ ज्वरो आएको तीनदिन पछि नबोल्ने भयो । बिस्तारै मानसिक अवस्था झन झन बिग्रदै गयो ।’

हेमराजका बुबा कालि बहादुर रावतले छोराको उपचारको लागि हर प्रयास गरे । आफुसँग भएको जायजेथा छोराका लाागि खर्च गरे । तर,पनि छोराको मानसिक अवस्था ठिक नभएपछि चिन्तित हुँदै आएका छन् । आफुसँग भएको सबै जायजेथा बेचेर छोरोको उपचार गरे । जायजेथा सकियो तर, छोराको अवस्था ठिक नभएको उनी बताउँछन् ।

आफुसँग भएको जायजेथा सकेर पनि सन्चो नभएपछि कालीबहादुरको केही सिप चलेन । घरमा थन्काउनु बाहेक अन्य केही उपाय थिएन । उपचारको लागि आर्थिक अवस्था पनि निकै दयनीय भइसकेको छ । घरमा राख्दा उल्टै गाउँका अन्य मानिसहरुसँग झम्टिने, कुट्ने, दाँतले काट्ने गर्ने भएपछि घरभन्दा केही पर छुट्टै खोर बनाए अहिले त्यस्मै राखेको बताउँछन् ।

छोराको उपचारका लागि भएजति सबै सक्याएँ सन्चो भएन,’ उनले भने,‘ अहिले झनै अवस्था दयनीय भएको छ । आफु घरमा भएन भने बाहिर आएर केही घटना घटाउने हो कि भनेर डर लाग्छ । दिनहुँ उमेर बढेसँगै तन्नेरी हुँदैछ झन झन पिर चिन्ता सँगै डर लाग्न थालेको छ ।’
‘पाँच वर्षको उमेरसम्म ठिकै थियो । त्यसपछि नराम्रोसँग ज्वरो आयो । ज्वरो आउँदा नजिकैको अस्पताल लियौँ ।

पहिले बोल्थ्यो तीन दिन पछि नबोल्ने भयो । चार पटक काठमाडौँ लियौँ । सन्चो भएन । दिनहुँ शरिर बढ्दै गएपछि थाम्न नसक्ने अवस्था आयो । सबैलाई कुट्ने लखेटने गर्न थाल्यो । थाम्न नसक्ने, मान्छेलाई टोक्ने । घाइते बनाउने । टोक्ने काम गर्न थाल्यो । धेरलाईै घाइते बनाउने काम भएपछि अहिले यसरि खोरमा राखिएको छ,’ हेमराजका बुबा कालिबहादुर रावतले भने ।

आफुसँग भएको सम्पुर्ण जायजेथा छोरोको उपचारको लागि सकिएकोले कालीबहादुर अहिले सहयोगी हातको खोजीमा छन् । छोरोको यस्तो अवस्थाले नत रमाउन सकिएको नत कमाउन दिएको रावतले बताए । इनयाँ नेपालबाट 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.