‘अपाङ्गताका अधिकार नीतिगत रुपमा कार्यान्वयन गरिनुपर्ने’

धनगढी।अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सरकारले नीतिगत रुपमा कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्। सोमबार धनगढीमा संचार प्रतिष्ठान नेपाल कैलालीको आयोजना र युएनडिपी तथा संसद सहयोग परियोजनाको सहयोग तथा सहकार्यमा भएको “अपाङ्गता भएका व्यक्तिका सवालहरुमा नीतिगत बहस” कार्यक्रममा सरोकारवालाहरुले उक्त जोड दिएका हुन्।

अपाङ्गता भएका व्यक्तिहरुको मुुल निकायमा सहभागिता नहुँदा अझै पनि शिक्षा, स्वास्थ्य, रोजगारीबाट वञ्चित हुनुका साथै राजनीतिमा सहभागिता नगराईनु, यातायातमा छुटको व्यवस्था हुँदा समेत कार्यान्वयन नहुनु, अपाङ्गमैत्री भौतिक संरचना नहुनु, विकासका पूर्वाधार अपाङ्गमैत्री नहुनु, अपाङ्गता भएका व्यक्तिहरुले समाजमा सम्मानजनक जिवन जिउन नपाउनु लगायतका समस्या यथावत रहेको अपाङ्गता भएका व्यक्तिहरुको गुनासो रहेको थियो । उनीहरुले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधानका लागि यथावत नीति ल्याइ कार्यान्वयन गर्नुपर्ने माग गरेका थिए ।

कार्यक्रममा प्रदेशसभा सांसद पदम बहादुर शाही र सन्तोष कुमारी शर्माले अपाङ्गताका भएका ब्यक्तीहरुको सवाललाई प्रदेश सरकारले आफुहरुले गर्न सक्ने निती कार्यक्रम तथा अधिकार महत्व दिनुपर्ने भन्दै नीति निर्माणमा यी बिषय समेट्न लागी पर्ने बताए । समाजमा शाररिक, मानसिक लगायत गरि १० प्रकारका अपाङ्गता भएका व्यक्ति छन् । राष्ट्रिय जनगणना २०७८ का अनुसार सुदूरपश्चिममा विभिन्न प्रकारका गरि ७० हजार आठ जना अपाङ्गता भएका व्यक्ति रहेको उल्लेख छ ।

राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमका पुर्बअध्यक्ष भीमबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरु, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण वरिष्ठ पत्रकार मनमोहन स्वाँरले गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.