Dashain Suvakamana

छात्राहरु कक्षा कोठामै बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

धनगढी । पढाई भैइरहेकाबेला कक्षा कोठामै किशारी उमेर समुहका छात्राहरु बेहोस हुन थालेपछि विधालयको पठनपाठन प्रभावित हुन थालेको छ । कैलालीको गोदावरी नगरपालिका–३ मा रहेको ग्वाँसी माध्यमिक विधालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत छात्राहरु एकपछि अर्को बेहोस हुन थालेपछि पढाइ प्रभावित हुने गरेको हो ।

करिब चौध सय विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा कक्षा कोठा अभावले समस्या भएको हुनसक्ने आँकलन गरेर विहान र दिउँसो गरी दुई सिफ्टमा अध्यापन गरिए पनि किशोरी उमेर समुहका छात्राहरु बेहोस भएर छट्पटाउने क्रम नरोकिएको प्रधानाध्यापक गणेश भट्टराइले जानकारी दिए । कक्षा कोठामा एक जना छात्रा बेहोस भएपछि अन्य पनि बेहोस हुने गरेकाले पठनपाठन प्रभावित हुँदैआएको उनको भनाई छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश ताम्राकारले छात्राहरुमा बेहोस हुने समस्या बढ्न थालेपछि मंगलवार स्वास्थ्य शिविरको आयोजना गरिएको जानकारी दिए । स्वास्थ्य शिविरमा मालाखेती अस्पताल र पद्मा अस्पतालका चिकित्सक सहभागी रहेको बताए । तर, शिविरमा सामान्य चेकजाँच मात्रै गरिएको विधार्थीहरुले बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.