बर्षा राेकिएपछि कैलालीकाे जनजीवन सहजतर्फ

धनगढी । लगातारकाे बर्षासँगै आएकाे बाढी र पहिराेले अस्तब्यस्त पारेकाे कैलालीमा बर्षा राेकिएसँग जनजीवन सहजतर्फ लागेकाे छ । बाढी र पहिराेले अबरुद्ध सडक बाटाघाटा ख्ल्न थालेका छनभने डुबानका कारण विस्थापितहरू घर फर्कने वातावरण बनेसँगै जनजीवन सहज बन्न थालेको हो ।

बाढी घट्नुका साथै मौसममा केही सुधार भएपछि धेरैजसो विस्थापितहरू घर फर्किसकेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । ‘अब करिब एक सय जतिमात्रै घर फर्कन बाँकी छन’, उनले भने,‘ मौसममा सुधार भएकाले उनीहरू घर फर्कनेक्रम जारी रहेको छ । एक दुई दिनभित्र सबै फर्कन्छन् होला ।’

मोहना, कान्द्रा, काँढा, पथरैया नदीको बाढीले डुबान भएपछि भजनी नगरपालिकाका अत्यधिक परिवार घर छोडेर हुलाकी सडकमा विस्थापित भएका थिए । यसैगरी, केही परिवार विद्यालय र सुरक्षित भवनमा बसेका थिए । बाढी घटेपछि धेरै परिवार आ–आफ्नो घर फर्केको भजनी नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाका अधिकृत विष्णुराज न्यौपानेले बताए ।

उनले भजनीमा अब वडा नम्बर–३ को पकरियापुरका २५/३० परिवारमात्रै घर फर्कन बाँकी रहेको जानकारी दिए । ती सबै परिवारका व्यक्ति हुलाकी राजमार्गमा एकसातादेखि त्रिपालमुनि बसिरहेका छन् । यसैगरी, गर्भवती, सुत्केरी, बालबालिका, अपाङ्गता भएका ज्येष्ठ नागरिक गरेर सेफ हाउसमा बसिरहेका ३९ जना पनि घर फर्कन बाँकी रहेको छ ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.