धनगढी । पहिरोका कारण सोमबार रातिदेखि अवरुद्ध भएको भिमदत्त राजमार्ग अझै सुचारु भएको छैन् । राजमार्ग अन्तर्गत कैलालीको बुढीतोला र खानीडाँडाको बीचमा सडक भासिएपछि सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायात अवरुद्ध भएको छ ।
पहिरो पन्छ्याउनका लागि मंगलबारदेखि प्रयास भइरहेको भएपनि लगातारको बर्षाले समस्या भइरहेको गोदावरीस्थित हेवी इक्पिमेण्ट डिभिजनले जनाएकाे छ । बुधबार बिहानैदेखि फेरि पहिरो पन्छ्याउने कार्य भइरहेको हेवी इक्पिमेण्ट डिभिजनका मेकानिकल प्राविधिक लक्ष्मण ऐरले बताए । उनकाअनुसार थप समस्या नभए आज साँझसम्म सडक सुचारु गर्न सकिनेछ ।
राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । केही यातायातका साधनहरुले पल्टी गरेर यात्रुहरुलाई गन्तव्यमा पुर्याउने प्रयास गरिरहेका छन् ।यातायात सुचारु गर्न समय लाग्ने देखिएमा वैकल्पिक पदमार्गको प्रयोग गरेर यात्रुलाई पैदल हिड्दै यातायात भएको ठाउँसम्म ल्याउने र गन्तव्यमा पुर्याउने काम भैइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।