Dashain Suvakamana

सुदूरपश्चिमका २८० जनामा डेंगी संक्रमण, स्थानीय तह बेखवर !

Ajai

धनगढी । बर्खायामको सुरुवातसँगै सुदूरपश्चिममा डेंगीको संक्रमण बढ्दै गएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार वैशाखयता २८० जनामा संक्रमण देखिएको छ । सबैभन्दा बढी दार्चुलामा १८८ जनामा संक्रमण देखिएकाे छ ।

यसैगरी कञ्चनपुरमा ३९ जनामा संक्रमण देखिएको छभने अछाममा १७, कैलालीमा १४, बझाङमा ६, बैतडीमा ५, बाजुरा र डोटीमा ४/४ तथा डडेलधुरामा २ जनामा संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार हालसम्म कञ्चनपुरमा ३९ जनामा संक्रमण देखिएको छ। तर कुन स्थानीय तहमा कति देखिएको छ भन्ने तथ्यांक भने छैन । गत वर्ष कञ्चनपुर जिल्लामा १७५ जनामा संक्रमण देखिएको जानकारी दिंदै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले त्यतिबेला सबै स्थानीय तहले संक्रमण रोकथामका लागि अभियान नै चलाएकाे बताए ।

गत वर्ष भदौ र असोजमा धेरै केशहरु देखिएका थिए । तर अहिले असारदेखि नै देखिन थालेका छन्। ‘यसपटक पनि हामीले रोकथामका लागि अभियान सुरु गर्नुपर्ने देखियो,’ वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले भने, ‘अब स्वास्थ्य कार्यालयले मात्रै नियन्त्रण गर्न सक्ने अवस्था छैन ।’ उनले सबै पालिकामा रोकथामका लागि डेंगी सार्ने लामखुट्टे मार्न तथा पानी जम्ने खाल्डा खुल्डीहरु पुर्नका लागि पत्राचार गरिने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.