Dashain Suvakamana

सुन तस्करी प्रकरण: भन्सार जाँचपासमा संलग्न सबैलाई निलम्बन गरिने

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि बरामद भएको सुन प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ ।विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार प्रारम्भिक चरणमा उक्त सुन जाँचपासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको छ  ।

निलम्बनबारे निर्णय लिन अहिले बैठक जारी रहेकाे भन्दै उनले भने, ‘‘केहीबेरमा यसको निर्णय हुन्छ । अहिले हामी आन्तरिक बैठकमा छौँ । प्रक्रिया अघि बढिसकेको छ । जाँचपासमा संलग्न सबै निलम्बन हुन्छन् ।’’

विभागका सूचना अधिकारी खड्काले भन्सारबाट सुन पास भएको विषय सङ्गठित रुपमा भएको हो वा प्राविधिक कमजोरीमा तस्करले फाइदा लिन खोजेको हो भन्ने बारे विभागले अनुसन्धान अघि बढाएको जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.