Dashain Suvakamana

युवतीहरुकाे ग्याङ फाइट सार्बजनिकपछि एक पक्राउ, चार फरार

Ajai

धनगढी । दयालु र शान्त स्वभाबका भनेर चिनिने युवतीहरुकाे ग्याङ फाइट यसबेला सामाजिक सञ्जालमा भाइरल बनेकाे छ । बराहक्षेत्र ९ राजावास कोशी स्परमा युवतीहरुको एक समूहले अर्काे समूहमाथि निर्घात कुटपिट गरेको भिडियो बाहिरिएपछि घटनामा संलग्न एकजनालाई प्रहीले पक्राउ गरेको छभने चारजना फरार छन् ।

सुनसरीको राजावसस्थित सप्तकोसी नदीको स्पर (नोज) माथि स्थानीय युवतीहरुबिच एकको कुरा अर्काले खोलिएको विषयमा मुक्का हानाहान भएको थियो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजेश दत्तका अनुसार पक्राउ पर्नेमा बराहक्षेत्र १० प्रकाशपुरकी प्रतिमा लिम्बू छिन् ।

लिम्बूलाई अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अरु चार युवती फरार  छन् । फरारहरुको खोजी कार्य गरिरहेको प्रहरी निरीक्षक दत्तले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.