धनगढी । हरेक आमा बुवालाई आफ्ना सन्तान मुटुभन्दा प्यारा हुन्छन् तर स्याङ्जा भीरकोट नगरपालिका ७ चिउरी खर्कमा आफ्नै बुबाले छोरीमाथि खुकुरी प्रहार गरेका छन् ।
स्थानीय ४० वर्षीय बुबा यम बहादुर गुरुङले घरायसी विवादमा १७ वर्षीय छोरी जुना गुरुङ माथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदमबहादुर थापाले जानकारी दिए । खुकुरी प्रहारबाट घाइते भएकी जुनाको भिरकोट नगर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार लगिएको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा बुबा यम बहादुर गुरुङलाई पक्राउ गरेको थापाले बताए ।