सबै विशेषज्ञ सेवासहितको धनगढीमा सौभाग्य हस्पिटल उद्घाटन

धनगढी । सस्तो र सर्वसुलभ शुल्कमा मुस्कानसहितको स्वास्थ्य सेवा दिने उदेश्यकासाथ धनगढीमा सौभाग्य हस्पिटलकाे उद्घाटन भएकाे छ । एक कार्यक्रमकावीच शनिबार सुदूरपश्चिमका मुख्यमन्त्री कमलवहादुर शाहले अस्पतालकाे उद्घाटन गरेका हुन् । 

निजी अस्पतालहरूको भिडमा फरक पहिचान र छुट्टै स्वास्थ्य सेवा प्रदान गर्नका लागि हस्पिटल सञ्चालनमा ल्याइएको अस्पतालका सन्चालक चेतराज रेग्मीले बताए । उनका अनुसार झन्डै १६ करोडको लगानीमा अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्नका लागि सुरुमा २५ शैयाकाे अस्पताल खडा गरिएकाे हाे । 

सौभाग्य हस्पिटलले सबै विशेषज्ञ सेवा प्रवाहित गर्न निकट भविश्यमा नै १०० शैयाको संचालनको तयारीमा रहेको अध्यक्ष दिनेशराज जाेशीले जानकारी दिए । मेरुदण्डको शल्यक्रिया गर्ने विशेषज्ञ सुदूरपश्चिममा सौभाग्य हस्पिटलमा मात्रै रहने उनकाे दाबी छ ।

बाल रोग, स्त्रीरोग, हाड जोर्नी तथा छाला, मुटु कलेजो सम्बन्धी रोग, मानसिक रोग, दन्त रोगलगायत सबै स्वास्थ्य सेवाहरूको विशेषज्ञ स्वास्थ्य उपचार अस्पताले दिइरहेको अस्पतालका अध्यक्ष जोशीले बताए । उक्त अस्पतालमा आईसीयु, एनआईसीयु सेवासहित वातानुकूलित कक्षहरूमा बिरामीले उपचार पाउने छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.