डडेल्धुरामा अस्पताल लग्न एम्बुलेन्स त के स्टेचरसमेत नपाइएपछि…

धनगढी । डडेल्धुराकी एक महिलाले बाटोमै शिशुलाई जन्म दिएकी छिन्। जिल्लाको परशुराम नगरपालिका–८ जमरानीकी मिना लुहारले बाटोमै शिशुलाई जन्म दिएकी हुन्।

प्रसव पीडा सुरु भएपछि उनलाई पिठ्युँमा बोकेर जोगबुढा अस्पताल लगिन लागिएको थियो। तर, अस्पताल नपुग्दै उनले बाटोमै शिशुलाई जन्माएको स्थानीयले बताएका छन्।

उनलाई अस्पताल लग्न एम्बुलेन्स त के स्टेचरसमेत नपाइएको स्थानीय भुपेन्द्र धामीले बताए। यस जिल्लाबाट प्रतिनिधित्व गर्ने शेरवहादुर देउवा मुलुककाे पाँच चाेटी प्रधानमन्त्री भइसक्दासमेत यहाँका समस्य ज्यूँ का त्यूँ रहेकाे याे गतिलाे प्रमाण हाे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.