धनगढी । सुदूरपश्चिम सरकारले सार्वजनिक गरेकाे बजेट समावेशीरुपमा अपाङ्गमैत्री नभएकाे भन्दै आन्दाेलनरत अपाङ्गता भएका नागरिकहरु सामाजिक विकासमन्त्री झपट साउँदकाे प्रतिबद्धतामा आशावादी बनेका छन् । अनसनसँगै सडक आन्दाेलनमा रहेका उनीहरुले मन्त्रीसँग भएकाे प्रथम चरणकाे बार्ता सफल भएकाे भन्दै आन्दाेलन राेकेका छन् ।
अपाङ्गता भएकाहरुकाे हक अधिकार र सम्मानीत जिवनयापनका लागि उठाइएका मागहरुलाई मन्त्री साउँदले तत्कालकाे बजेटले सम्बाेधन गर्न सकिने, नीतिगतरुपमा सुधार गर्नुपर्ने र अन्तर मन्त्रालय वा निकायसँग समन्वय गर्नुपर्ने छुट्टाइ सबैमा आवश्यक थप छलफल गर्ने प्रतिवद्धता जनाएपछि सडक आन्दाेलन राेकिएकाे हाे । उनले घाईते अपाङ्गताका सवालमा आफु जहिले पनि सकारात्मक रहेकाे र सकारात्मक साेचले परिणाम पनि सकारात्मक नै आउने गरी प्रदेश सरकार आगामी दिनमा काम गर्ने प्रतिबद्धता जनाए ।
उता राष्ट्रिय अपाङ्ग महासंघ संघिय प्रतिनिधिको सहभागीता र सरकारको वार्ता टोलिबीच सौहार्द पुर्ण वातावरणमा पहिलो चरणको वार्ता सम्पन्न भएको भन्दै राष्ट्रीय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष मानवहादुर साउदले अपांगता अधिकार प्रबर्द्धन संघ्रर्ष समितिको वार्ता टोलिले सरकारी वार्ता टोलि समक्ष राखेका २१ बुदे माग पत्रमाथि दफावार छलफल सहित उक्त सवालहरुलाई कार्यक्रमगत सवाल, नितिगत दीर्घकालीन सवाल र अन्तरमन्त्रालय वा निकाय गरि ३ तहमा बिभाजन गरि अगाडि बढने सहमतिसंगै कार्यक्रमगत कुराहरु सबै जसो टुंगिएको बताएका छन् ।
उनले यसलाई आन्दाेलनकाे सफलता भन्दै प्रत्यक्ष वा अप्रत्यक्षरुपमा आन्दाेलनमा सहयाेग गरेका सबैप्रति धन्यवादसमेत दिएका छन् । यसअघि अपाङ्गता भएकाहरुकाे आन्दाेलनले नामले मात्रै अपाङ्गतामैत्री भनेर सरकारी कार्यालयमा बनाइएका र्याप्प ताेडफोड गरी भत्काएका थिए, उपमहानगरले स्थानीय पार्कमाेड सडक छेउमा बनाएकाे चाैतारामा अपाङ्गताकाेलागि अबराेध भएकाे भन्दै आन्दाेलनकै क्रममा भत्काएर फेरी बनायाे । यसबाट सरकार, स्थानीय तह लगायत सार्वजनिक स्थल अपाङ्गमैत्री हुनुपर्ने पाठ सबैलाई सिकायाे ।
आन्दाेलनले सरकारकाे नेतृत्वकर्तालाई मात्रै नभइ कर्मचारी प्रशासनलाई पनि अपाङ्गताका सवालमा सजक गराएकाे थियाे । यतिमात्रै नभएर दश दिनसम्मकाे आन्दाेलनमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, कैलाली प्रशासन कार्यालय, सामाजिक विकास मन्त्रालय, प्रदेशकाे धनगढीस्थित शहरी विकास कार्यालय लगाएतमा ताेडफोड भए । होटेल डिभोटीदेखि पिपल चाैतारासम्मकाे राेड अपाङ्गमैत्री नभएकाे भन्दै सम्बन्धित सबैमा खबरदारी गराइएकाे थियाे ।