धनगढी ३, ‘जहाँ जनप्रतिनिधिकाे एक आव्हानमा टोल उर्लिन्छ’

धनगढी । कुनै भत्ता ज्याला वा खानपीन विना नै स्थानीय जनसमुदाय सार्वजनीक सरसफाईमा अग्रसर देख्दा अच्चम्म मान्नुपर्ने जमानामा धनगढी उपमहानगरकाे ३ नम्बर वडामा भने फरक देखिन्छ । यहाँ स्थानीय जनप्रतिनिधीकाे एक आव्हानमा गाउँ टोल नै उर्लेर आउन्छ ।

May be an image of 9 people, hospital and textजनप्रतिनिधीले जनताकाे मन जित्नसके उस्काे एक आब्हानमा स्थानीय बासिन्दा उर्लिन्छन भन्ने कथन धनगढी उपमहानगर ३ नम्बर वडामा सिद्ध भएकाे छ । ३ नम्बर वडा कार्यालयले टाेल टाेलमा सरसफाई अभियान चलाएपछि स्थानीय बासिन्दा आफ्नाे टोलकाे सरसफाईमा जुरुक्क लाग्ने गरेका छन् । 

केही दिनअघि वडाकाे चटकपुर चाेकदेखि त्रिनगर भन्सारसम्म ६ लेन सडक सरसफाईमा उत्रेका स्थानीयबसिन्दा त्यसपछि बाेराडाँडी केदार टाेल संगमटाेल, विशालनगर, मित्रनगर, मिलचाेक चण्डेश्वरी मन्दिर हुँदै आज बडहरास्थित रिङराेडकाे सरसफाईमा जुटेका हुन् ।

यी अभियानमा वडामा क्रिर्याशिलसंघ संस्था तथा समुह, समितिका प्रतिनिधीसँगै स्थानीय जनसमुदायकाे ठूलाे उपस्थिति रहने गरेकाे वडाअध्यक्ष राजवहादुर ऐरले जानकारी दिए । May be an image of 8 people

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.