धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटवहादुर साउँदले समाजकाे सकारात्मक विकासमा युवाहरुकाे अहम भुमिका रहने बताएका छन् । प्रदेश युवा परिषदले आज बिहीवार धनगढीमा आयाेजना गरेकाे सामाजिक विकास मन्त्रीसँग युवाहरुकाे अन्तरकृया (सवाल जफाव) मा मन्त्री साउँदले समाजकाे सकारात्मक विकासकालागि युवासँगै आफु रहने बताएका हुन् ।
युवा सहभागि सबै क्षेत्रकाे सहयाेग बिना सदियाैंदेखि पछाडी पारिएकाे सुदूरपश्चिमकाे समृद्धि सम्भव नहुने भएकाले युवा लगायत सबैकाे साथ समन्वय आवश्यक रहेकाे र त्यसकालागि प्रदेश सरकारकाे सामाजिक मन्त्रालय अभिभावककाे भूमिका निभाउन तयार रहेकाे उनले बताए ।
युवहरुकाे शिक्षा, स्वास्थ्य, खेलकूद, राेजगारी लगायतका सबालकाे जफाव दिंदै मन्त्री साउँदले आफुमा पनि केही गरेर देखाउने हुट्हुटी रहेकाेले हाम्राे स्राेत र साधनले भ्याएसम्म युवाहरुका यी समस्या समाधानमा एक ईन्चपनि पछाडी नहट्ने प्रतिबद्धता ब्यक्त गरे । प्रदेश सरकारकाे बनाउदै गरेकाे बजेट कार्यक्रमले यी विषयलाई सम्बाेधनकाे प्रयास गर्ने उनकाे भनाई थियाे ।
प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुँवरकाे अध्यक्षतामा सम्पन्न उक्त अन्तरकृयामा सयाैं युवा बिधार्थीकाे सहभागिता थियाे । विगतका वर्षमा सरकार प्रमुख मुख्यमन्त्रीसँग हुँदैआएकाेमा यस वर्ष पहिलाे पटक सामाजिक विकास मन्त्रीलाई सामेल गरिएकाे कार्यक्रमका सञ्चालक एवं परिषदका सचिवालय सदस्य शेरवहादुर बिष्टले जानकारी गराएका थिए ।