सडक बहस : विश्वविद्यालयको निर्णय कार्यान्वयनमा ल्याउन जोड

धनगढी । गाेदावरीकाे गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सघर्ष समितिले शनिबार सडक बहस गरेको छ । सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेपनि बजेटमा त्यसलाई कार्यान्वय नगरिएपछि सघर्ष समितिले आन्दोलनका कार्यक्रम अन्तरगत गेटा मेडिकल कलेज अगाडी सडकमा बहस गरेको हो ।

सडक बहसमा बोल्ने बक्ताहरुले मन्त्रिपरिषदकाे निर्णय कार्यान्वयनमा ल्याउन जोड दिएका छन् । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले गेटामा विश्वविद्यालय बनाउने भनेर सरकारले नै निर्णय गरेर अहिले पन्छिन नमिल्ने बताए । उनले गेटामा मेडिकल कलेज बनाउका लागि सशक्त आन्दोलनको आवश्यकता रहेको बताए । कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले प्रतिष्ठान बनाएर १ सय बेडको मात्रै अस्पताल बनाउने बिषयमा आफ्नो आपत्ती रहेको भन्दै गेटामा विश्वविद्यालय बनाउनको लागि आन्दोलनका कार्यक्रमलाई अझै व्यापक बनाउनु पर्ने बताए ।

बरिष्ठ अधिवक्ता डा. केदार चन्द्र भट्टले जुनसकै हालतमा पनि गेटामा मेडिकल विश्वविद्यालय बन्नुपर्ने बताए । ‘विश्वविद्यालय भनेको स्वास्थ्य विज्ञानको सवालमा सबैभन्दा उपल्लो तह हो’ उनले भने ‘अहिले सरकारले हामीलाई स्वास्थ्य चौकी दिएर ढाट्ने ?’ उनले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नीति र कार्यक्रमका रुपमा संसदले पास गरिसकेको बताए ।

गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले गेटामा बजेट व्यक्तव्यमा मेडिकल कलेज पूर्वाधार समिति पनि खारेज भनेर लेखिएर आएकाले झन अन्योल थपेको बताए । उनले आगामी आर्थिक बर्षको लागि भनेर अझै पनि ११ वटा संरचना निर्माणको काम भरखरै सुरु भएकाले पूर्वाधार समितिनै खारेज भए ति संरचना के हुने भन्ने अन्योल थपेको बताए । उनले छिन छिनमा फरक फरक ढंगका कुरा आउने गरेकाले अहिलेको परिस्थिति बनेको बताए ।

‘यसअघि पुर्व प्रधानमन्त्री ज्यु ले (शेर बहादुर देउवा) धनगढीको कार्यक्रममा विश्वविद्यालय सम्भव छैन प्रतिष्ठान तर्फ लागौ है भनेर बोलेअनुसार प्रतिष्ठानको विधेयक अगाडी बढ्यो । शिक्षाले ल्याएको त्यो विधेयक अर्थमै रोकियो’ उनले भने ‘मंसिरमा अर्को सरकार आयो । त्यसले माघ २९ गते विश्वविद्यालय बनाउने निर्णय ग¥यो । जसको विधेयक पनि शिक्षाबाट हुँदै अर्थमन्त्रालयमा थन्किएको छ ।’ उनले अहिले आएर बजेटमा फेरी अर्को कुरा आउँदा अन्योल भएको बताए ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.