‘अव विरामीले एम्बुलेन्स नपाएर ज्यान गुमाउनु पर्दैन’ मन्त्री साउद

धनगढी । कुनैपनि विरामीले एम्बुलेन्स नपाएर अकालमा ज्यान गुमाउनु नपर्ने सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपट साउदले बताएका छन् । जनताले स्वास्थ्य उपचार गर्न पाउने माैलिक अधिकार भएकाले सुदूरपश्चिमका जनताकाे स्वास्थ्य अबस्थालाई ध्यानमा राखेर यस्ताे प्रणालीकाे विकास गरिएकाे उनकाे भनाई छ । 

एम्बुलेन्सलाई व्यवस्थित गर्न जिपिएस प्रणाली जडान गरिन लागेकाे भन्दै मन्त्री साउदले “कुनै बिरामीलाई एम्बुलेन्स चाहिए १०२ मा फोन गरेपछि नजिकै रहेको एम्बुलेन्स सो बिरामीलाई लिन जान्छ, जिपिएसमा जडान भएपछि कुनै पनि एम्बुलेन्सले खाली छैनौँ, टाढा छ भनेर बिरामीलाई झुक्याउन सक्दैनन् ।”

यसका लागि सामाजिक मन्त्रायले प्रदेशभित्रका सबै स्थानीय तहलाई परिपत्र गरेर स्थानीयस्तरमा रहेका एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता गर्न निर्देशन दिएको छ । सुदूरपश्चिममा एक सय ७६ एम्बुलेन्स सञ्चालनमा छन् । त्यसमध्ये अहिलेसम्म एक सय २५ एम्बुलेन्समा जिपिएस जडान गरिएको  प्रादेशिक एम्बुलेन्स केन्द्रका स्रोतव्यक्ति उत्तम उपाध्याय जानकारी दिए ।

आपतकालीन स्वास्थ्यसेवा प्रदान गर्ने राज्यको दायित्व पूरा गर्न देशभरका एम्बुलेन्सलाई एउटै ट्र्याकबाट सञ्चालन गर्न जिपिएस प्रणालीमा ल्याउने प्रक्रिया अगाडि बढेकाे र सुदूरपश्चिममा १०२ मा फोन उठ्न सुरु भइसकेकाले अबका केही दिनमा यो प्रणाली शुरु हुने उपाध्याय बताए  । 

“बाँकी रहेका एम्बुलेन्सलाई पनि यही महिनाभित्र प्रणालीमा दर्ता गर्ने गरी काम भइरहेको छ, पहिले तोकेको समयमा नआएकाहरु छुटेका हुन्, फेरि पाँच दिनको समय दिदैँछौ”, उनी भन्छन, “यसबाट बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन छिटोछरितो एम्बुलेन्स सेवा प्राप्त हुनेछ, साथै बिरामीले सहज उपचार सेवा पाउनसमेत सहयोग पुग्नेछ ।”

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.