धनगढी। सुदुरपश्चिम प्रदेशका नव नियुक्त सामाजिक बिकासमन्त्री झपट बहादुर साउँदले सुशासनलाई प्राथमिकतामा राखेर जनताका काममा तदारुकता दिन मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रीकाे सफथ ग्रहण लगत्तै सामाजिक बिकास मन्त्रालयमा पदभार सम्हाल्न पुगेका मन्त्री साउँदले सो कुरा बताएका हुन्।
आफुले मन्त्रालयको नेतृत्व समाल्दै गर्दा सुशासनलाई पहिलो जोड दिएको भन्दै उनले भने, यस सँगै जनताका आधारभुत स्वास्थ्य सेवा,सामाजिक उत्तरदायीत्व, जनताका नैर्सगिक अधिकारलाई ब्यवहारिक रुपमा लागूगर्ने र प्रदेश सरकारबाट त्यो लागु गराउने प्रतिबद्धता आफ्नाे रहेकाेले यस कार्यमा कर्मचारी मित्रबाट सहयाेगकाे अपेक्षा गरेकाे छु ।
यस्तै आम नागरिकलाई पु¥याउनुपर्ने सेवालाई सहज बनाउने, कुनैपनि बिरामी औषधी उपचार गर्नबाट बन्चित हुन नदिने र अकालमै ज्यान गुमाउनबाट बचाउने आफ्नो प्रतिबद्धता भएकाले मन्त्रालय मातहतका सम्पुर्ण कर्मचारी एक परिवार भएर लाग्नुपर्नेमा उनले जाेड दिए । सामाजिक बिकास मन्त्रालयको टिम र यहाँका कर्मचारी सँगै आफुले सहकार्य गरी जनता र सेवाग्राहीको काम गर्ने बिश्वास उनकाे थियाे।