प्रचण्ड सरकारकाे जयजयकार गर्दै विधार्थीहरु सडकमा

काठमाडौं । भ्रष्टाचारविरुद्ध प्रचण्ड सरकारकाे समर्थनमा सत्तारुढ विद्यार्थी संगठनहरू सडकमा उत्रेका छन् । हालसालै सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै संयुक्त विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले संयुक्तरुपमा रत्नराज्य क्याम्पसमा प्रदर्शन गर्दै कोही पनि भ्रष्टाचारीलाई उम्किन दिन नहुने बताएका छन् । अनेरास्ववियूकी महासचिव आरती लामाले अहिले सरकारले चलाएको अभियान नरोकियोस भनेर प्रदर्शन गरिएको बताइन् ।

विद्यार्थीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार भएका एमाले नेता टोपबहादुर रायमाझीलाई तत्काल पक्राउ गर्न मागसमेत गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.