आरक्षण उपभोग नपाएको भन्दै अपाङ्गता भएकाब्यक्तिहरु आन्दोलित

धनगढी । संविधानप्रदत आरक्षण उपभोग गर्न नपाएको भन्दै सुदूरपश्चिम प्रदेशमा रहेका अपाङ्गता भएका ब्यक्तिहरु आन्दोलित भएका छन् । लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले अहिलेसम्म खोलेको आठवटा विज्ञापनमा एक जना पनि अपाङ्गता भएका ब्यक्ति आरक्षणमा नपरेको भन्दै अपाङ्गता भएका ब्यक्तिहरु आफ्नाे छाता संस्था राष्ट्रिय अपाङ्ग महासंघको नेतृत्वमा आन्दोलनमा उत्रेका हुन् ।

आन्दोलनको पहिलो दिन विहीवार उहाँहरुले लोकसेवा आयोग सुदूरपश्चिम प्रदेश कार्यालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशमा ध्यानाकर्षणपत्र बुझाउनुभएको छ । May be an image of 10 people, people smiling and hospitalराष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष मानवहादुर साउदको नेतृत्वमा अपाङ्गताको क्षेत्रमा कार्यरत संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आयोगले विभिन्न समयमा खोलेका विज्ञापन र माग संख्या उल्लेख गर्दै कर्मचारी समायोजन सम्बन्धमा ब्यवस्थापन गर्न बनेको ऐन २०७५ अनुसार प्रदेश लोकसेवा आयोगले अपाङ्गता आरक्षणमा ध्यान नदिएको गुनासो गर्नुभएको छ ।

आयोगले एकपछि अर्काे गरी विज्ञापन गर्दैआएको भएपनि माग हुनआउने हरेक निकाय तथा स्थानीय तहलाई एउटा एउटा कलस्टर मानेर गरिएको विज्ञापन नेपालको संविधानअनुसार अपाङ्गता भएका नागरिकको मौलिक हकमा ठाडै आघात पर्नेभएकोले सो कार्यलाई सच्याउन माग गरिएको छ । आयोगले कर्मचारी माग गर्दा दुई/चार सयको संख्यामा देखिने तर, एक निकाय तथा स्थानीय तहलाई कलस्टर बनाएर अपाङ्गता आरक्षण कोटा नपार्ने गरेको उहाँहरुको गुनासो छ । May be an image of 11 peopleसाथै अपाङ्गता भएका ब्यक्तिहरुकालागि प्रदेश सरकारले दिदैआएको चार प्रतिशत आरक्षण कोटा पनि संघीय कानूनसँग बाँझेकाले संघीय सरकारले दिदैआएको पाँच प्रतिशत नै कायम गर्नुपर्ने पनि उक्त ध्यानाकर्षण पत्रमा माग गरिएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै लोकसेवा आयोग सुदूरपश्चिम प्रदेश अध्यक्ष यज्ञराज बोहरा र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव टुवराज पोखरेलले आफुहरुको ध्यानाकर्षण भएको र यी विषयहरु सच्याउन सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो । तर, आन्दोलनरत अपाङ्गता भएका ब्यक्ति एवं अधिकारकर्मीहरुले आयोगले यथाशिघ्र सुधार नगरे कार्यालय घेराउदेखि सडक आन्दोलन गर्ने चेतावनी दिनुभएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.