बुवाद्वारा छोराको हत्या गरी प्रहरीमा आत्मसमर्पण

धनगढी । कैलालीमा एक बुबाले आफ्नै जवान छोराको हत्या गरी प्रहरीमा आत्मसमर्पण गरेका छन् । धनगढी उपमहानगरपालिका –६ मटियारीका ४७ वर्षीय महेशकुमार चौधरीले २१ वर्षीय छोरा अर्जुनको हत्या गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार महेशले आज मध्यान्ह घरदेखि १५० मिटर टाढा जङ्गलमा इँटाले छोराको टाउकोमा हानेका थिए । इँटा प्रहारबाट उनका छोरा अर्जुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

ईट्टा हानेर छोराको घटना स्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीकाे टाेली घटनास्थल पुगेर थप अनसन्धान गरिरहेकाे छ । प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पाल कमाण्डको टोलीले बुवा महेशकुमार चौधरीलाई नियन्त्रणमा लिएको बताइएको छ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.