धनगढी । आफन्तको श्राद्धमा गएका झापा दमक ९ का दाजुभाइसहित तीन जनाको सप्तकोशी नदीमा डुबेर मृत्यु भएको छ । आफन्तको श्राद्धमा गएका उनीहरु सप्तकोशीमा नुहाउने क्रममा डुवेर मृत्यु भएकाे हाे ।
सप्तकोशीमा डुबेर मृत्यु हुनेहरुमा दमक नगरपालिका–९ झापाका २१ वर्षीय नवीन न्यौपाने, उनका भाइ १९ वर्षीय रुद्र न्यौपाने र उर्लाबारी नगरपालिका ७ का राजु गुरागाईं रहेकाे प्रहरीले बताएकाे छ ।
गत बुधबार सप्तकोसी नदीमा नुहाउने क्रममा तीन जना बेपत्ता भएकोमा एकजनाको शव सोही दिन फेला परेको थियो । बेपत्ता भएका दुई जनाको शव भने शनिबार मात्र फेला परेको बताइएको छ ।