बाजुरामा विधार्थीवीच ढुङ्गामुडापछि प्रहरीले गर्‍यो हवाईफायर

धनगढी । बाजुराको कोल्टीस्थित बुढीनन्दा क्याम्पसमा प्रहरीले हवाईफायर गरेको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनलाई लिएर नेकपा एमाले निकट अनेरास्ववियु र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र निकट वाम–लोकतान्त्रिक गठबन्धनका विद्यार्थीहरुबिच झडप प्रहरीले हवाईफायर गरेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताए।

‘शान्तिपूर्ण तरिकाले निर्वाचन भइरहेको बेलामा दिउँसोपख ढुंगामुढा भयो। ढुंगामुढा भएपछि प्रहरीले हवाईफायर गरेको हो,’ उनले भने।प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन २४ राउन्ड हवाईफायर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताए।

स्थिति नियन्त्रणमा आइसकेकाले यसबारेमा सर्वदलीय बैठक बसेकाे र दुवै पक्षको सहमतिपछि अहिले शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ। 

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.