‘शान्ति प्रक्रियाका बाँकी काम निस्कर्षमा पुर्‍याउन प्रयास गर्छु’

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत बनाउन र प्रवर्द्धन गर्न आफू लाग्ने बताएका छन् । शुक्रबार उपराष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने बताए । शान्ति प्रक्रियाका कामहरु निस्कर्षमा पु¥याउन बाँकी रहेको भन्दै यादवले त्यसलाई निस्कर्षमा पु¥याउनका लागि आफ्नोतर्फबाट प्रयास हुने स्पष्ट पारे । उनले भने ‘मुलुक समृद्ध रुपमा अघि बढोस् । शान्ति प्रक्रियाका कामहरु निस्कर्षमा पु¥याउन बाँकी छ, त्यसलाई निस्कर्षमा पु¥याउनका लागि पनि मेरो तर्फबाट प्रयास हुनेछ ।’ 

यसअघि भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् । नेपाली  कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई १८४ संघीय सांसद र ३२९ प्रदेशसभा सदस्यले मत दिएका थिए ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.