क्रिकेट खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । सरकारले विश्वकपको छनोट चरणमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ। विजेता खेलाडीहरूलाई शुक्रवार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कारको घोषणा गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले लिग २ मा सहभागी सबै खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेका हुन्। विश्वकप लिग २ अन्तर्गत हिजो भएको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगेको थियो। कीर्तिपुरमा भएको खेलमा डिएलएस मेथडका आधारमा ३११ रनको लक्ष्य दिएको यूएईलाई नेपालले ९ रनले पराजित गरेको थियो।

खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईंहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईंहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ। देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ। आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु।,’

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.