काममा ढीलासुस्ति गर्ने निर्माण ब्यवसायीलाई कारवाही : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काममा ढीलासुस्ति गर्ने निर्माण ब्यवसायीलाई कारवाही गरिने बताएका छन् ।

शुक्रबार पूर्वीनवलपरासीको डण्डामा प्रेस सेन्टर पूर्वीनवलपरासी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले यस्ताे बताएका हुन् । उपप्रधानमन्त्री श्रेष्ठले बुटवल–नारायणगढ सडक विस्तारको कामलाई आफूले गम्भीरतापूर्वक लिएको बताए । बुटवल–नारायणगढ सडक विस्तारको निर्माण कार्यलाई कम्पनीले तीव्रता नदिने हो भने तोड्नुको विकल्प नरहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो ।

“पटकपटक ताकेता, अनुगमन गरेर निर्देशन गरेका छौँ, काम गर्ने गति नबढाउने हो भने सरकार ठेक्का तोडन बाध्य हुन्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने । उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकार विस्तार हुने बताउदै उनले भने- ‘राष्ट्रपति निर्वाचनमा एकै ठाउँमा भएका दल सहभागी गराएर सरकार विस्तार तथा पुनर्गठन हुनेछ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.