राष्ट्रपति निर्वाचनकाे तीन बजेसम्म मतदान चल्ने, साँझ परिणाम आउने

राष्ट्रपति चयनका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा आज बिहान १० बजेदेखि मतदान जारी रहेको छ । हाल जारी रहेको मतदानमा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो भोट खसोलका हुन् भने अहिलेसम्म तीनसय मत खसेकाे बताईएकाे छ ।

राष्ट्रपतिमा पौडेल र नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ । नेम्वाङले पनि मतदान गरिसकेका छन् । नयाँ वानेश्वरस्थित संसद भवन परिसरमा जारी राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरखरै मतदान गरेका छन् ।

राष्ट्रपति चुनावमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यले मतदान गर्नेछन् । यो निर्वाचनको मतपरिणाम आज साँझ ७ बजेसम्ममा आउने निर्वाचन आयाेगले जनाएकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.