थारु समुदायको बरघर–भलमन्सा ऐन कार्यान्वयनमा

कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिकाले बरघर–भलमन्सा प्रथाजन्य ऐनलाई कार्यान्वयनमा ल्याएको छ । ऐन कार्यान्वयनमा आएसँगै नगरपालिकाको वडा वडामा बरघर–भलमन्सा चयनको कार्य गरिएको छ । वडामा चयन भएका वरघर–भलमन्साको भेलाले नगरस्तरीय समितिलाई पूर्णता दिएको छ ।

नगरस्तरीय समितिले बरघर–भलमन्सा प्रथाको संस्थागत विकास, क्षमता अभिवृद्धिलगायतलाई अगाडि बढाउन कार्ययोजना तयार गरेको बरघर–भलमन्सा समितिको सचिवालय व्यवस्थापन संयोजक हवलदार चौधरीले बताए । “जिल्लामै वरघर–भलमन्सा प्रथालाई संरक्षण गर्न ऐन निर्माण गरिएको छ”, उनले भने, “ऐन निर्माण भएपछि थारु समुदायको सामुदायिक सङ्गठन तथा परम्परागत बरघर–भलमन्सा प्रणालीलाई अभिलेखीकरण, संरक्षण, प्रवर्धन विकास र अभ्यासलाई अगाडि बढाउन सहज हुनेभएको छ ।”

बरघर–भलमन्सा प्रणालीमा आदिवासी जनजातिभित्र रहेका खुना, चौधरी र राना थारु समुदायलाई समेटिएको छ । नगरपालिकाको प्रत्येक वडामा योजना छनोट गर्दा गरिने भेलामा बरघर–भलमन्सालाई अनिवार्य रुपमा उपस्थित गराई बजेट, नीति तथा कार्यक्रम बनाइने संयोजक चौधरीले जानकारी दिए ।

नगरपालिकाको दशौँ नगरसभाले बरघर संस्था परिचालन ऐन पारित गरेपछि यस प्रथाले कानुनी हैसियत प्राप्त गरेको हो । थारु समुदायले लामो समयदेखि बरघर प्रथालाई कानुनी मान्यता दिन माग गर्दैआएका थिए ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.