नेपालका पहाडी जिल्लामा आज होली मनाइँदै

 धनगढी । आज फागुन पुर्णिमा । नेपालका पहाडी जिल्लामा आज र तराईका जिल्लामा भाेली होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।

 पहाड र तराईमा फरक दिन मनाइए पनि होली एकापसमा सद्‌भावका साथ धुमधामले मनाइन्छ। माया प्रेम र सद्‌भावका साथै हर्ष उल्लास र उमङ्ग झल्काउने होली एकअर्कालाई विभिन्न रंग दलेर, पानी छ्यापेर मनाइने गरिन्छ। 

होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.