सुदूरपश्चिमका संस्थापक मुख्यमन्त्री भट्टद्वारा मुख्यमन्त्री शाहलाई बधाई

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाहलाई पूर्वमुख्यमन्त्री त्रिलाेचन भट्टले बधाई तथा कार्यकाल सफलताकाे शुभकामना दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेशसभाबाट आज दुईतिहाइ बढी बिश्वासकाे मत प्राप्त गरेपछि प्रदेशका संस्थापक मुख्यमन्त्री भट्टले सरकारकाे स्थायीत्वकालागि बधाई तथा शुभकामना ब्यक्त गरेका हुन् ।

सरकारकाे स्थायीत्वबाट मात्रै समृद्ध सुदूरपश्चिमकाे परिकल्पना सकार हुने भन्दै पूर्वमुख्यमन्त्री भट्टलेआफ्नाे पालामा ल्याइएकाे समृद्ध सुदूरपश्चिमकाे याेजना पुरा गर्न आगामी दिनमा सहकार्य गरेर जानेमा बिश्वास ब्यक्त गरेका छन् । पूर्ववत सरकारले समृद्ध सुदूरपश्चिम निर्माणका थुप्रै दीर्धकालिन रणनैतिक याेजना ल्याएकाेले ती याेजनालाई निरन्तरता दिनसमेत उनले आग्रह गरेका छन् ।

माओवादी केन्द्रका नेतासमेत रहेका भट्टले यस अघिकाे सरकारजस्तै याे सरकारले पनि बिश्वासकाे मत नपाए प्रदेशमा राजनीतिक अस्थिरता उत्पन्न हुने भन्दै स्थायी सरकारकालागि केन्द्रीय नेतृत्वसँग पहल गरिरहेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.